खोलामा टिकटक बनाउन खोज्दा शिक्षिका र विद्यार्थीको मृत्यु
तेह्रथुममा, ७ पौष ।
खोला किनारमा टिकटक बनाउने क्रममा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।
शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे । दुई जना खोचमा खसेको खबर सँगै गएका अरु विद्यार्थीले दिएपछि खोजतलास गर्दा अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको थियो ।
खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले बताउनुभयो ।
लेखकको सम्वन्धमा