July 15, 2024, Monday
२०८१ असार ३२, सोमबार
दाङमा टिकटकले एक पुरुषको लियो ज्यान

दाङमा टिकटकले एक पुरुषको लियो ज्यान

भदौ १९, दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय नबीन केसीकाे टिकटक बनाउने क्रममा भीरबाट लडेर ज्यान गएकाे हाे ।

शनिबार राती करिब ९ बजेतिर तुलसीपुर ३ सात तले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट खसेका थिए । भीरबाट खसेर बेपत्ता भएको भन्ने खवर पाए लगत्तै प्रहरी टोली घटना स्थल पुगेको थियो ।

करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । तर अस्पतालले उनलाइ मृत घोषणा गरेको हाे ।

केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुर जनाएकाे छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज