April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
सल्यानमा घाँस काट्न गएकी किशोरीको भिरबाट लडेर मृत्यु

सल्यानमा घाँस काट्न गएकी किशोरीको भिरबाट लडेर मृत्यु

भदौ १६, सल्यान। सल्यानमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका – १ आपचौरकी १५ बर्षिय किशोरी रुपा पुलामिको बुधबार साझ करिब ६ बजेको समयमा घाँस काट्न भिरमा गएको बेला लडेर मृत्यु भएको हो ।

पुलामी घाँस काट्न गएकोमा अबेरसम्म घरमा नआएपछी खोज तलास गर्दै जाने क्रममा आफ्नो घरदेखी १ कि.मी. पश्चिम रहेको झालेपहर भिरबाट ५० मिटर तल खसि घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको बारेमा बिहीवार प्रहरीलाई जानकारी गराएपश्चात उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्र.नि. सन्तोष खनालको कमाण्डमा Soco सहित ५ जनाको प्रहरी टोली खटिएको थियो ।

मृतक लासको सम्पुर्ण प्रक्रिया पुरागरि लासको पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।