सल्यानमा घाँस काट्न गएकी किशोरीको भिरबाट लडेर मृत्यु
भदौ १६, सल्यान। सल्यानमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका – १ आपचौरकी १५ बर्षिय किशोरी रुपा पुलामिको बुधबार साझ करिब ६ बजेको समयमा घाँस काट्न भिरमा गएको बेला लडेर मृत्यु भएको हो ।
पुलामी घाँस काट्न गएकोमा अबेरसम्म घरमा नआएपछी खोज तलास गर्दै जाने क्रममा आफ्नो घरदेखी १ कि.मी. पश्चिम रहेको झालेपहर भिरबाट ५० मिटर तल खसि घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको बारेमा बिहीवार प्रहरीलाई जानकारी गराएपश्चात उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्र.नि. सन्तोष खनालको कमाण्डमा Soco सहित ५ जनाको प्रहरी टोली खटिएको थियो ।
मृतक लासको सम्पुर्ण प्रक्रिया पुरागरि लासको पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
प्रतिकृया दिनुहोस्