May 28, 2024, Tuesday
२०८१ जेष्ठ १५, मंगलवार
सल्यानमा घाँस काट्न भिरमा गएकी महिलाको लडेर मृत्यु

सल्यानमा घाँस काट्न भिरमा गएकी महिलाको लडेर मृत्यु

पुस १३, सल्यान । सल्यानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका – ६ रानागाउँकी ५० वर्षीया कमला डाँगीको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो ३ बजेतिर घरबाट घाँसदाउरा गर्न नजिकैको खोरबारे जंगलमा गएको बेला डाँगी लडेकी थिइन् ।

उनी सडकदेखि २०० सय मिटर तल खसेकी थिइन् । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज