September 24, 2023, Sunday
२०८० आश्विन ८, सोमबार
चुनाव प्रचारका क्रममा एक जनाको लडेर मृत्यु

चुनाव प्रचारका क्रममा एक जनाको लडेर मृत्यु

बैशाख १९, प्युठान।

प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर २ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेले जानकारी दिएको छ ।

हिजो आइतबार गठबन्धन टोलीसँग गाउँभरी भोट माग्न गएका मगर घरदैलो गरी फर्किने क्रममा लडेर मृत्यु भएको स्थानीयले बताएका छन भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    तस्वीर:-फोटो फाइल

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज