September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
रोल्पामा १२ दिनकि सुत्केरी महिलाको मृत्यु पश्यात किन गरिएन अन्त्येष्टि ?

रोल्पामा १२ दिनकि सुत्केरी महिलाको मृत्यु पश्यात किन गरिएन अन्त्येष्टि ?

१४ फागुन, रोल्पा। रोल्पामा १२ दिनकि सुत्केरी महिला १८ इन्च गहिरो पोखरीमा मृत फेला परेको आज ४ दिन बिति सक्दा पनि अन्त्येष्टि गरिएको छैन।

रोल्पा जिल्लाको त्रिवेणि गाउपालिका वडानम्बर ६ रानिमाला निवासी बर्ष ३० कि रामसरि खड्का फागुन १० गते बिहान घर देखि लगभग ७०० मिटर नजिक पोखरीमा मृत फेला परेकी थिइन।

बिहान ४ बजे लास भेटिएको थियो। स्थानीयले लास देख्न बित्तिकै प्रहरीलाई खबर गरिएका थिए। खबर लगत्तै इ प्र का
होलेरी र प्रहरी चौकी जुगारका प्रहरीले लासलाइ पोस्टमार्टमकोलागि दाङ तुलसीपुर पठाइएको थियो।

पोस्टमार्टमपछि लासलाइ फागुन ११ गते घर ल्याएपछि
मृतकका माइती पक्ष र आफन्तले घट्ना रहस्यमय भएको भन्दै शव अन्तेस्टी गर्न रोक लगाएका हुन।

फागुनको ९ गतेका दिन साझ खाना खाएर सकुशल सुतेकी रामसरीलेले १३ दिन अघि छोरी जन्माएकी थिइन। संकाष्पद तरिकाले मृत फेला पछि घटना झन जटिल बनेको हो।

घट्ना के कारण र कसरी भयो भन्ने बारे नखुले सम्म शव अन्तेस्टी गर्न नदिने र घटना बारे अनुसन्धान गरि दोषीलाई कामकारबाही गर्न समेत मृतकका माइती पक्षले माग गरेका छन।

प्रहरीले भने जाहेरी बिना अनुसन्धान अगाडि नबढाउने बताएको छ । माइती पक्ष अहिले जाहेरी कै प्रक्रियामा रहेको नयाँ दृस्टी डटकमसङ्ग रोल्पाबाट हुमुक खड्काले बताएका छन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज