July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
जुम्लामा चीसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु

जुम्लामा चीसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु

माघ २३, जुम्ला । जुम्लामा चीसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका–७ बारागाउँका ४२ बर्षीय मुन रावत र तातोपानी–८ की ३७ वर्षीया देवी शाहीको कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार रावतको गोठालो गएको समयमा हिमपातमा परेर मृत्यु भएको र शाहीको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।

यसैगरी तातोपानी गाउँपालिका–८ मा १८ देखि ५५ जना मानिस हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । ‘जडिबुटी (खिरौलो्र) टिप्न गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन गर्न सकिएको छैन,’ गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने, ‘वडाध्यक्षहरुसँग समन्वय भईरहेको छ ।’ उनले हिउँमा फसेका मानिसहरु ऐडी ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेको हुनसक्ने अनुमान गरे ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार हराएको मानिस ओडारमा बसेको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई्रले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलेकोप्टर पठाउने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको बताइन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज