September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
सल्यानको दार्मामा बिहे भोज खाना गएका एक व्यक्ति मृत अवस्थामा फेला

सल्यानको दार्मामा बिहे भोज खाना गएका एक व्यक्ति मृत अवस्थामा फेला

मंसिर २०, सल्यान । सल्यानको दार्मामा बिहे भोज खाएर फर्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । जिल्लाको दार्मा गाउँपालिका वडा नं २ पाजाखोलाका अन्दाजी ७० वर्षीय टेक बहादुर खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


आइतबार साँझ गाउँमा विवाह भोज खान गएका खत्री सोमबार बिहान एउटा खाली गोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उनको भनाइ छ ।