सल्यानमा बिहे भोज खान गएका शिक्षकको लडेर मृत्यु
११ बैशाख , सल्यान ।
सल्यानको दार्मा गाउँपालिकामा बिवाह भोज खान गएका एक जना शिक्षकको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्मा गाउँपालिका वडा नं. ४ निवासी ५४ वर्षीय सप्त प्रकाश मल्ल रहेका छ्न ।
उनी गाउँ नजिकै भल्चौर भन्ने गाउँमा बिहे भोज खान गएका थिए।
भोज खाएर करिव १० बजे तिर घर फर्कदै गरेका उनि दार्मा गाउँपालिका वडा नं ४ भल्चौरमा लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको परिवारले जनाएको छ ।
मृतक मल्ल स्थानीय गाउँकै नव सर्वसाधारण मा.वि. दार्मा-४ रातामाटामा प्रा.वि. द्वितीय श्रेणीमा कार्यरत शिक्षक हुन ।
अहिले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्