May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४, बिहीबार
सल्यानमा रुखबाट लडेर एक पुरुषको मृत्यु

सल्यानमा रुखबाट लडेर एक पुरुषको मृत्यु

साउन ३०, सल्यान। सल्यानमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको त्रिबेणि गाउँपालिका १ काभ्राका ५२ बर्षीय ओम बहादुर बुढाथोकीको रुखबाट लडेर मृत्यु भएको हो।

आइतबार बिहान करिब ८ बजे घरदेखी २ कि.मी. टाढा रहेको असुरे धारापानी भन्ने स्थानमा गाउँका अन्य ४/ ५ जना मानिसहरुसँग घाँस काट्न गएका उनि रुखबाट लडेर घाइते भएका थिए।

रुखबाट लडेर घाइते भएका बुढाथोकीको उपचारकोलागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगञ्ज भेरी अस्पताल बाँकेमा लगेकोमा उपचारकै क्रममा ७:३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरि कार्यालय सल्यानले बताएको छ।

आइतबार राति मृतकको लास जिल्ला अस्पताल सल्यानमा ल्याई सोमबार आज मृतकको आवश्यक कानुनि प्रक्रिया पुरा गरि पोष्टमोर्टम पश्चात परिवारलाई बुझाएको छ।

घटनास्थलमा अहिले त्रिवेणी गा.पा.१ काभ्रा,असुरे धारापानीमा ई.प्र.का.लुहाम सल्यानबाट प्र.नि. प्रेम बहादुर बोहराको कमाण्डमा Soco सहित ५ जनाको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।