July 15, 2024, Monday
२०८१ असार ३२, सोमबार
श्रीमानसँग बनाएको टिकटकलाई इडिट गरेर चरित्रहत्या गर्न खोजियो : वली

श्रीमानसँग बनाएको टिकटकलाई इडिट गरेर चरित्रहत्या गर्न खोजियो : वली

असार २१, सल्यान। नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलमा प्रमुख सचेतक तथा सल्यान प्रदेश सभा (क)का सांसद गुलावजंग शाहसँग जोडेर आइतबार सार्वजनिक भएको विवादास्पद टिकटक भिडियोमा देखिएकी एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टीका वलीले आफुले श्रीमान सँग बनाएको टिकटक भिडियो इडिट गरेर आफ्नो चरीत्रहत्या गर्न खोजिएको बताएकी छन।

आइतबार विभिन्न संचार माध्यम र सामाजिक संजालहरूमा नेता शाह र वलीको टिकटक भिडियो सार्वजनिक भएपछि मंगलबार बिहान सल्यान जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन।

“म एउटा विवाहित महिला हुँ। मैले केही महिना पहिला उक्त गितमा मेरो श्रीमान सँग त्यसरी नै टिकटक बनाएकी थिए। जुन मैले मेरो फेसबुकको स्टोरीमा पनि राखेकी थिए। त्यही टिकटकलाई अहिले इडिट गरेर मेरो चरीत्रहत्या गर्न खोजिएको छ ।”, उनले भनिन – “स्थानीय तहको चुनाव पछि मैले टिकटक पनि चलाएको छैन। घरमै बसेर अध्यापन अनुमती पत्रको परिक्षा तयारी गरिरहेकी थिए। त्यसैले अहिले यो भिडियो कसरी सार्वजनिक भयो, म आफै अचम्मित भएकी छु ।”

भिडियो:

भिडियो सार्वजनिक पश्चात् उक्त एकाउन्ट नचल्ने भएको र भएका अन्य भिडियो पनि डिलिट भएकाले आफ्नो टिकटक एकाउन्ट पनि ह्याक गरिएको हुनसक्ने उनले दावी गरिन।

 

निर्वाचन नजिकैदै गरेकोले पनि राजनीतिकरुपा समेत कमजोर पार्न नेता शाहको नाम मुछिएको बताउदै उनले न्यायका लागी कानुनी उपचार खोज्ने बताएकी थिइन।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज