September 20, 2026, Sunday
२०८३ आश्विन ५, सोमबार
वली र शाह प्रकरणमा एमाले सल्यानको ध्यानाकर्षण: भिडियोको साइबर फरेसीँक गर्न माग

वली र शाह प्रकरणमा एमाले सल्यानको ध्यानाकर्षण: भिडियोको साइबर फरेसीँक गर्न माग

असार २१, सल्यान।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य, कर्णाली प्रदेश सह- इन्चार्ज तथा सल्यान जिल्ला इन्चार्ज गुलाबजङ्ग शाह र जिल्ला कमिटी सदस्य टीका वलिलाई जोडेर सामाजिक संजालमा राखिएको भिडियो प्रती नेकपा एमाले सल्यानले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

मंगलबार एक प्रेस बिज्ञपति निकाल्दै नेकपा एमाले सल्यानले सुचना प्रबिधिको चरम दुरुपयोग गरि पार्टीका जिम्मेवार नेताहरुलाई बदनाम गर्ने उद्देश्यले गराइएको सुनियोजित कार्य अती नै निन्दनीय र भत्सर्ना योग्य भएको बताएको छ।

बिज्ञप्तिमा भनिएको छ। “निकृष्ट र अपराधीक क्रियाकलापलाई दुर्भाग्यपुर्ण र सुनियोजित रुपमा लिएको छ।

सुचना प्रबिधि दुरुपयोगको यश घटनाको सम्बन्धित निकायले Cyber Forensics जाँच गराइ निष्पक्ष र न्यायपुर्ण छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाही गराउन नेकपा एमाले सल्यानले जोडदार माग गर्द्छ, र जिम्मेवार नेतामाथी चारित्रीक प्रश्न उठाइ सार्वजनिक जिबनलाइ नै धुलिसात पार्ने कुटिल उद्देश्य प्रती सम्पुर्ण नेता कार्यकर्ताहरु सचेत हुन र यस्ता प्रयास विरुद्ध प्रतिबद्ध भइ प्रतिवाद गर्न सम्पुर्ण पार्टी पँत्तीलाई आह्वान गरिन्छ।”

यस्तो छ प्रेस बिज्ञप्ति –

यो पनि पढ्नुहोस।

श्रीमानसँग बनाएको टिकटकलाई इडिट गरेर चरित्रहत्या गर्न खोजियो : वली