March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
प्रधानको वाचा : बोलेको कुरा पुरा गर्छौ, सल्यानीले हाम्रो विकल्प खोज्नुपर्दैन

प्रधानको वाचा : बोलेको कुरा पुरा गर्छौ, सल्यानीले हाम्रो विकल्प खोज्नुपर्दैन

१४ बैशाख , सल्यान।
सल्यानको शारदा नगरपालिकाका प्रमुखको उम्मेदवार मनोज प्रधानले आफूले बोलेको कुरा पुरा गर्नेमा सल्यानवासिलाई विश्वसत हुन आग्रह गर्नुभएको छ ।

नेकपा एमालेको तर्फबाट शारदा नगरपालिकाको मेयरका उम्मेदवार प्रधानले आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावमा सल्यानवासिले एमालेलाई अत्याधिक मत दिएर विजयी गराउनेमा कुनै दुविधा नरहेको बताउनुभयो ।

पुर्व जिल्ला विकास समितिको सभापति तथा २०७४ को स्थानिय निर्वाचनमा राप्रपाबाट शारदा नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार प्रधानले उम्मेदवारलाई नभइ एजेण्डा हेरेर भोट दिन आह्वान गर्नुभएको छ।

प्रधानले भन्नुभयो, ‘उम्मेदवारले जे एजेण्डा ल्याउँछन् त्यसको आधारमा भोट दिने हो । व्यक्ति मनोजप्रधानलाई दिने होइन ।’ उहाँले अबको पाँच वर्ष कस्तो बनाउँछौँ भनेर छिट्टै एजेण्डा प्रस्तुत गर्ने र सोे एजेण्डाका आधारमा भोट दिन नगरवासिलाई आग्रह गर्नुभयो । ‘कति दिनमा के काम गर्ने भन्ने घोषणा गर्छौँ । विश्वास दिलाउने गरी आउँछौँ । धोका दिँदैनौँ,’ प्रधानले भन्नुभयो, ‘शारदा नगरलाई सुखी र समृद्ध बनाउन मेरो उम्मेदवारी हो ।’ अघिल्लो स्थानिय तहको चुनावबाट निर्वाचित नगर प्रमुखले नगरवासिलाई गरेको वाचा पुरा गर्न असक्षम भएको बताउदैँ आफू निर्वाचित भएमा नगरवासिलाई गरेको वाचा पुरा गर्न कुनै कसरत नछोड्ने बताउनुभयो ।

सल्यानमा एमालेको संगठन मजबुत रहेकाले पार्टीका नेता तथा कार्यकर्ताले आफूहरुलाई जिताउन पुर्ण समर्थन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

अघिल्लो स्थानिय तहको चुनावमा प्रधानले झण्डै २५ सय मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित हुनुभएको थियो । राप्रपा परित्याग गरि प्रधान एमालेमा आएपछि उहाँसँगै सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

राप्रपाको बलियो समुह एमालेमा प्रवेश गरेपछि शारदा नगरपालिकामा एमाले बलियो रहेको जिल्लाका राजनितिज्ञहरुले बताउने गरेका छन् । यता, नेकपा (एमाले) ले लिएको नीति, बिचार, सिद्धान्तको आधारमा देशैभरी नेकपा (एमाले) को लहरलाइ सल्यान जिल्लामा पनि कोहि कसैले रोक्न र छेक्न नसक्ने कर्णाली प्रदेशका सदस्य महेश देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुर्यध्वाजा बाहक उम्मेदवारको बिजय सुनिस्चित छ ।’

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज