December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
मरिचमान आफुलाई कत्ति पनि महत्व दिनुहुदैनथ्यो : मनोज प्रधान

मरिचमान आफुलाई कत्ति पनि महत्व दिनुहुदैनथ्यो : मनोज प्रधान

मनोज प्रधान

हिजो स्वं’ पुर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको सातौं स्मृति दिवस । सर्वप्रथम त स्वं मरिचमान सिंह श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्ज’ली ब्यक्त गर्दछु र उहाँले देखाउनु भएको राष्ट्रवाद, देश बिकास र जनताप्रतिको बफादारीताको मार्गलाई सधै स्मरण गर्दै त्यो मार्गलाइ सधै पछ्याउने प्रयत्न गर्नेछु । साँचो अर्थमा उहाँले देखाएका यी मार्गलाइ पछ्याउनु नै उहाप्रतिको सच्चा श्रद्धाञ्ज’ली हुनेछ ।

एउटै टोलबासि भएको नाताले बाल्यकाल देखि नै देखाभेट हुनु त स्वाभाविक नै भयो तर मैले बुझ्ने भैसकेपछि उहांसंगको राम्रो भेट भने बहुदलीय ब्यबस्था आइसकेपछि काठमाडौमा हाम्रो पारिवारिक जमघटको बेला भयको हो ।

सायद २०५२-०५३ सालतिर हाम्रो परिवारमा मलाई राजनीतिमा लाग्नुपर्छ भनेर कुरा गर्ने पहिलो ब्यक्ति उहाँ नै हुनुहुन्छ । जतिबेला म काठमाडौमा समाजसेवामा पनि जोडिसकेको थिए । त्यसपछि उहाँ सँग निरन्तर भेटघाट र सरसल्लाह भैरहन्थ्यो ।

ब्यबस्था जुनसुकै भयपनि जनताको समृद्धि र राष्ट्रियता उहाँको पहिलो प्राथमिकतामा पर्दथ्यो । उहाँ बिषयबस्तुको गहिराइमा पुगेर मात्र त्यसको बिषयमा प्रतिक्रिया दिनुहुन्थ्यो । देश र जनताको समृद्धिको बिषयमा लामो बहस गरेर निष्कर्षमा पुग्न रुचाउनुहुन्थ्यो ।

उहाँको जिवनशैली सार्है सामान्य थियो । उहाँ मात्र हैन, उहाँको परिवारकै जिवनशैलि हेर्ने हो भने पनि सामान्य थियो । मुलुककै सबैभदा उच्च पद सम्म पुग्दा पनि उहाँलाई खोट लाउने ठाउ कहिल्यै भेटिएन । अझ त्यो नाकाबन्दीको समयमा उहाँले पुर्याउनु भएको योगदान त सबैको लागी र सधै स्मरणीय छदैछ ।

उहाँ आफुलाइ कत्ति पनि महत्व दिनुहुदैनथ्यो । जव म जिबिस सभापति भएको समयमा उहाँ जस्तो ऐतिहासिक व्यक्तित्वको नाममा सल्यान सदरमुकाम भित्र केहि बनाउनुपर्छ भन्ने कुरा मेरो मनमा आयो र मैले केहि साथिभाइ र मान्यजनहरु सँग सल्लाह गरेर उहाँलाई यो प्रस्ताव पनि गरे तर उहाँले त्यस्तो ब्यक्तिगत कुरालाइ इच्छा गर्नु भएन र महत्व दिनु भएन ।

उहाँको जीवनको अन्तिम क्षणतिर देशमा सम्बिधान सभाको निर्वाचन थियो र म सल्यानमै भएकोले भेट हुन सकेन । उहाँ स्व’र्गीय भैसकेपछि सल्यानमा उहाँकै घर अगाडि सबै दलका प्रमुख तथा प्रतिनिधिहरु सहित नागरिक समाज लगायत लाई निमन्त्रणा गरेर शोक सभा गर्दै उहाँप्रति श्रद्धाञ्ज’ली ब्यक्त गर्यौं ।

(नोट : मनोज प्रधान सल्यान जिल्लाका पुर्व जिबिस  सभापति हुनुन्छ ।)