निर्वाचनमा मरिचमानलाई सहयोग गरे वाफत मलाई सार्वजनिक अभि’योग लगाईयो : अनुबम सिंह श्रेष्ठ
(स्व पुर्व प्रम मरिचमान सिंह श्रेष्ठको सातौ स्मृति दिवस (साउन २९ गते)को अवसरमा राप्रपा केन्द्रिय सदस्य तथा पुर्व जिविस उपसभापति अनुबमसिंह श्रेष्ठ सँग गरिएको कुराकानीमा श्रेष्ठले व्यक्त गर्नु भएको बिचारको सम्पादित अंश । – सम्पादक )
स्वर्गीय पुर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ ज्यु सँग हाम्रो नजिकको नाता पनि पर्थ्यो । उहाँ हाम्रो बुवालाई मामा भन्नु हुन्थ्यो । पञ्चायतकालमा मेरो बुवा पनि राजनितिमा सक्रीय हुनुथ्यो । त्यसैले उहाँ सँग मेरो वाल्यकाल देखी नै चिनजान थियो । सानै उमेर देखी नै म मरिचमानलाई चिन्थ्ये ।
पछि २०४० सालमा एसएलसी पास गरेर म क्याम्पस पढ्न काठ्मान्डौ गए । त्यतिवेला उहाँ राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुन्थ्यो । मैले त्यतिवेला पनि उहाँलाई भेटे । २०४३ सालको निर्वाचनमा उहाँ सल्यान वाट निर्वाचित भएर जानुभयो । त्यसपछि उहाँ देशको प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भैसके पश्चात पनि मैले उहाँलाई एक-दुई चोटि भट्ने अवसर पाए ।
भेटमा उहाँ सधैं राम्रो सँग पढ्नु पर्छ । यो देशका लागी केहि गर्नूपर्छ । समाजको लागी केहि गर्नूपर्छ भनेर त्यसखालको शिक्षा दिनु हुन्थ्यो । पछि २०४८ सालमा ( बहुदल स्थापना भएपछि) आम निर्वाचन भयो । त्यसवेला सल्यान बाट उहाँ स्वतन्त्र उम्मेद्वार बन्नु भयो । त्यसवेला हामी राप्रपामा भएपनि सल्यान बाट देशकै इज्जत राखेको उहाँको व्यक्तित्व देखेर उहाँलाई सहयोग गर्याै ।
त्यसरी सहयोग गरे वाफत त्यतिवेलाका बहुदल पक्षधर नेताहरुले म लगाएत २-३ जना साथीहरुलाई सार्वजनिक अ’भियोग लगाएर महिना दिन सम्म हिरा’सतमा राख्ने काम भयो । यद्यपी हामीले कुनै अपरा’ध नगरेको हुनाले अदालतले निर्दाेस भनेर सफाई दियो ।
उहाँ सरल स्वभावको मान्छे हुनुन्थ्यो । मिठो बोल्ने मृदुभाषी हुनुन्थ्यो । सवैलाई सहयोग गर्नुपर्छ भन्ने भावना राख्नुहुथ्यो । यो देशका लागी नेपाली जनताको लागी केहि गर्नुपर्छ भन्ने भावना थियो । उहाँले तडक भडक गर्नूभएन । आफु सत्तामा हुदा, शक्तिशाली प्रधानमन्त्री हुदा पनि आफ्ना विपक्षीहरुलाई पनि गलत नियतले दुख कष्ट दिने काम गर्नु भएन । प्रतिपक्षलाई पनि माया गर्नुपर्छ र उनिहरुलाई आफ्नो बनाउने तरिकाले व्यवहार गर्नु हुन्थ्यो ।
उहाँ एउटा सामान्य परिवारमा जन्मिनु भयो र सवै सल्यानी जनताको मन जित्दै विस्वास लिदै विद्यालयको प्रधानाध्यापक देखी देशको प्रधानमन्त्री सम्म हुनु भयो । देशको प्रधानमन्त्री भएपछि सल्यानलाई मात्र हेर्र्नुपर्छ, सल्यानको मात्र विकास गर्नुपर्छ भनेर उहाँ कहिल्यै लाग्नु भएन । समानुपातिक ढंगले समग्र ७५ वटै जिल्लाको विकास गर्नु पर्छ भनेर वजेट विनियोजन गरेको हामिले पायौं ।
त्यसको साथै मुलुकमा बहुदल स्थापनाको लागी २०४५-४६ सालमा आन्दो’लन हुदा भारतले दरबार र त्यतिवेलाको सरकारलाई घुडा टेकाउन करिव १५ महिना लामो नाकाब’न्दी लगाउदा राष्ट्र र राष्ट्रियताको लागी उहाँ झुक्न तयार हुनु भएन । बरु जनतालाई चाहिने नुन तेल चिनि जस्ता दैनिक उपभोग्य सामानहरु प्लेन चार्टर गरेर सहजैरुपमा उपलव्ध गराउनु भयो ।
भारतले तेर्साएका राष्ट्रघा’ती एजेण्डाहरुमा हस्तान्क्षर गरेर सत्तामा टिकिरहने सोच उहाँमा भएन । उहाँले कहिल्यै आफुले अवसर लिन चाहानु भएन । यसरी राष्ट्रको लागी उहाँ वफादार मान्छे हो । त्यसैले आज हरेक नेपालीले मरिचमान जस्तो राष्ट्रबादी यो मुलुकमा अरु कोहि छैन भनेर सम्झने गरेका छन ।
मरिचमान बाट आज हामीले सिक्नु पर्ने कुरा चैं आज हामी जुन बिचारमा लागे पनि पहिलो कुरा राष्ट्रियतालाई महत्व दिनुपर्छ । हामी विदेशीको इसारामा चल्यौं भने राष्ट्रलाई धोका हुन्छ र नयाँ पुस्तामा पनि मरिचमान जस्ता नेता जन्मने प्रयत्न गर्नुपर्छ भनेर हरेक पार्टी भित्रका युवा र विद्धानहरुले सोच्न जरुरी छ । त्यहि नै उहाँ प्रतिको सच्चा श्रदान्जली हुनेछ ।
प्रतिकृया दिनुहोस्