सल्यानमा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु ४ जना घाइते

सल्यानमा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु ४ जना घाइते

सल्यान/भदौ २७

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिका–५, सिम्कबाट दाङ तुलसीपुर जाँदै गरेको लु.प्र. ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना हुदा त्रिवेणी गाउँपालिका–६, पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र वडा न: ५ सल्लेका १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सूचना अधिकारी देवराज भट्टराईका अनुसार दुर्घटना पश्चात् गम्भीर घाइते भएका दुवै जनालाई सल्यान जिल्ला अस्पतालमा ल्याएको थियो तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५, सिम्कका २४ वर्षीय भुपाल पुन, २९ वर्षीय पारस बोहरा, ४० वर्षीय डिल्लीबहादुर वली र ४२ वर्षीया लालमित बुढाथोकी घाइते भएका छन्।

घाइतेहरुको लुहाम स्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।