सल्यान बागचौरमा नेकपा (एस)का वडा कमिटी अध्यक्ष सहित ९ जना एमालेमै फर्किए
वैशाख २०, सल्यान । सल्यानमा एकिकृत समाजवादी पार्टी परित्याग गरेर वडा कमिटी अध्यक्ष सहित ९ जना नेकपा (एमाले)मा फर्किएका छन ।
फर्किनेहरूमा जिल्लाको बागचौर नगरपालिका वडा नं.९ कमिटीका वडा अध्यक्ष तथा कोटमौलाका संस्थापक नेता देव बहादुर डॉंगी, टोल कमिटी अध्यक्ष रेशम बहादुर वली, वडा कमिटी सदस्य रेशम बहादुर डॉंगी, वडा कमिटी सदस्य तिलक के. सी., नन्दा राम डॉंगी, खगेन्द्र डॉंगी भिम प्रसाद डॉंगी, बिमल डॉंगी, डम्बर डॉंगी लगायत स्थानीय नेताकार्यकर्ता रहेका छन ।
नेकपा (एस)को भविष्य नभएको बताउदै मंगलबार एक समारोहका बीच उनिहरू पुरानै घर फर्किएका हुन । नेकपा (एस) परित्याग गरेर एमालेमै फर्किएका उनिहरूलाई एमाले पोलिट्ब्युरो सदस्य गुलावजंग शाहले स्वागत गरेका थिए ।
फोटोहरू : गुलावजंग शाहको फेसबुक बाट
प्रतिकृया दिनुहोस्