हराएको मान्छे टिकटकमा देखिएपछि………
मंसिर २९, दाङ ।
सन्धीखर्क २ मसाल बजारका ४० बर्षीय दुर्गा काफ्ले मंसिर २ गतेदेखि सम्पर्क भएपछि खोजीमा रहेको परिवार घोराही आयो। कैलालीको अत्तरियामा रहेको मामाघर जाने भनेर निस्कीएका काफ्ले कपिलबस्तुको गोरुसिंगेबाट सम्पर्क बिहीन भएका थिए ।
२५ दिनदेखि सम्पर्कबिहीन भएका काफ्लेलाई २६ औँ दिनमा टिकटकमा देखेपछि श्रीमती रीता काफ्ले घोराही आइन । घोराही १८ नवलपुरमा बंगलाचुली जाने सडकमा बंगलाचुलीका पुस्कर अधिकारीले मंसिर २७ गते सार्बजनिक गरेको टिकटकमा काफ्ले रातो गलबन्दीमा देखिएका छ्न ।
टिकटकमा श्रीमानलाई देखेपछि श्रीमती रीता काफ्ले खोज्दै बुधबार घोराही आइन । रीता घोराही आएपनि श्रीमान् फेला पार्न सकिनन । सडकमा छरिएको सुन्तला टिपेको भिडियोमा काफ्ले हिड्दै गरेको देखिएको छ ।
अर्घाखाँची र कपिलबस्तुमा श्रीमानलाई खोजीरहेकि श्रीमती रीता आफन्तीका साथ बुधबार दाङ आएकि थिइन । श्रीमान नभेटिएपछि बुधबार नै रीत्तो हात घर फर्किएकि छिन ।
काफ्लेले मंसिर २ गते बेलुका ५ बजे फोन गरेर गोरुसिंगे बसेको जानकारी गराएका थिए । भोलीपल्ट मामाघर पुगेर फोन गर्छु भनेका काफ्ले त्यसपछि सम्पर्कबिहीन भएका थिए । श्रीमानको खोजीका लागि प्रहरीलाई समेत जानकारी गराएको थियो ।
आफ्नो श्रीमानलाई देख्ने र भेट्नेलाई श्रीमती रीता काफ्लेको मोबाइल नम्बर ९८४१५८८३४९ मा सम्पर्क गर्न तथा नजिकको प्रहरीलाई जानकारी गराउन अनुरोध गरेकी छिन ।
यस्तो थियो टिकटक
नयाँ युगबोद
#बेपत्ता #टिकटक #दाङ
लेखकको सम्वन्धमा