बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेर मनाइयो जन्मदिन
मंसिर २८, सल्यान । केहि युवाहरुले जन्मदिन गरिने फजुल खर्चलाई परोपकारी काममा लगाउन थालेका छन । त्यस्तै युवा मध्ये सल्यानको बागचौरमा अवस्थित जनप्रिय पोलिक्लिनिक प्रालिका संचालक भिमबहादुर ओलीले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेका छन ।
आइतबार २६ बर्ष पूरा भएर २७ बर्ष प्रवेश गरेको खुसियालीमा ओलीले बागचौर नगरपालिका ३ चौरपानीमा रहेको अमरज्योती माबिका ५ बालबालिकालाई झोला तथा कापीकलम प्रदान गरेका हुन । साथै अन्य विद्यार्थीहरूलाई स्यानिटाइजर बितरण गरेको उनले बताए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा कोरोना भाइरस (कोभीड -१९ ) का लक्षण र रोकथाम तथा बच्ने उपायका बारेमा पनि सचेतता जगाएको पनि उनले बताए ।
आफू स्वास्थ्य सेवामा प्रवेश गरेपछि पहिलो चोटि चौरपानीको शहर स्वास्थ्य सेवा क्लिनिकमा सेवा सुरु गरेको संझनामा जन्मदिनको अवसर पारि चौरपानी बिद्यालयका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको उनको भनाइ छ ।
मानिस सामाजिक प्राणी भएकोले मानवलाई सेवा गर्दा आत्मसन्तुष्टि हुने भएकाले आफुले भोज भतेरम खर्च हुने पैसाले बालबालिकालाई झोला र कापी कलम वितरण गरेको उनले बताए ।
साथै जन्मदिनमा फजुल खर्च रोकेर मानव सेवामा लगाउने परिपाटीको सुरुवात गर्नुपर्ने उनको भनाई छ । बागचौर नगरपालिका २ बागचौरमा जनप्रिय पोलिक्लिनिक संचालन गर्दै आएका ओलीले यश अघि पनि पोलिक्लिनिकको बार्षिक उत्सबमा विभिन्न समाजसेवाका काम गरेका थिए ।
प्रतिकृया दिनुहोस्