June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
विमर्श प्रधानले यसरी सम्झिए आफ्नो जन्मदिन

विमर्श प्रधानले यसरी सम्झिए आफ्नो जन्मदिन

मेरो बिवशता, मेरो बाध्यता देखेर
कहिले त रुन मन लाग्छ,
आफैलाई देखेर माया लागेर आउछ,
आफैलाई बिचरा भनेर
काखमा राखेर सुम्सुम्याउन मन लाग्छ,
किनभने,
समयरुपी राक्षसले मेरो
एउटा आर्को मुल्यवान बर्ष खोसेर लगेको छ ।
२४ घण्टाको ओजनदार ओजनदार भारी बोकाएर,
अनगिन्ती मिनेट अनि अनगिन्ती सेकेन्डहरू भिराएर
मेरा आशलाग्दा अनि भरपर्दा
३६५ दिनहरु खोसेर मलाई बुढो बनाएको छ ।
मलाई अर्को एक बर्ष बुढो बनाएर,
आफु भने टाप कसेको छ त्यो
समयरुपी राक्षस ।
समाजसामु जन्मेको दिनमा हासेको छु,
त्यो पिरो हासो त्यो खल्लो हासो
अनी त्यो दुख लुकाएको हासो देखाएर
मैले आफुलाई नाटककार बनाएको छु,
जन्मदिन मनाउने सुरमा
घाट तिर जाने दिन छोट्टिएको
बिर्सिएको छु मैले ।
मैले बिर्सिएको छु
धर्तिमा मेरो बसाइ बर्ष दिनले घटेको कुरा,
मैले बिर्सिएको छु
म बुढो भएको,
तर पनि
सप्पै सप्पै बिर्सिएर
आफैंलाई जन्मदिनको शुभकामना दिन
हतारिदै जोड-जोडले भन्न मन लाग्छ
जन्मदिनको शुभकामना बिमर्श जी
जन्मदिनको शुभकामना बिमर्श जी।