April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
जन्मदिन मनाउने खर्च कटाएर बिरुवा र खेलकुद सामाग्री बितरण

जन्मदिन मनाउने खर्च कटाएर बिरुवा र खेलकुद सामाग्री बितरण

साउन १८, सल्यान । नेपाली कांग्रेस दार्माका युवा नेता, राष्ट्रिय मावि दार्माकोट सल्यानका व्यविस अध्यक्ष, जेसी नेपाल सल्यानका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सल्यानका सदस्य कृष्ण बहादुर ओलिले जन्मदिन मनाउने खर्च कटाएर फलफुल तथा जडिवुटिका बेर्ना र खेलकुद सामाग्री वितरण गरेर आफनो जन्मदिन मनाएका छन ।

आईतवार (साउन १८ गते ) परेको आफ्नो ३५ औं जन्मदिनको अबसर पारेर उनले दार्मागाउपालिका वडा नं. ४ मा कागती र टिमुरका २०० बिरुवा बितरण गरेका हुन भने दार्मा १ दार्माकोटका युबाहरुलाई भलिबल, नेट लगायतका खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।

सल्यानमा पछिल्लो समयमा सचेत युवा पुस्ताले जन्मदिनमा भोज भतेरमा गर्ने खर्च कटाएर विभिन्न अनुकरणीय परोपकारी काम गरेर जन्मदिन मनाउने गरेका छन ।