September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
पत्रकार कृष्ण वली द्वारा जन्मदिनको खर्च कटाएर मृगौला पीडितलाई आर्थिक सहयोग

पत्रकार कृष्ण वली द्वारा जन्मदिनको खर्च कटाएर मृगौला पीडितलाई आर्थिक सहयोग

साउन १८, सल्यान । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य कृष्ण वलीले जन्मदिनको अवसरमा मिर्गौला पिडिताई अर्थिक सहयोग गरेका छन।

शारदा नगरपालिका ५ रातामाटा निबासी ३६ वर्षका पुष्कर जंग बुढाथोकी विगत ९ महिना देखि अस्पतालमा छट्पटी रहेको थाहा पाए पछि आफुले सहयोग गरेको वलीले बताए ।

जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रवृति चलिरहेको वेला आफुले समाजमा विभिन्न कारण पिडित भएका नागरिकलाई सहयोग गर्दा उचित हुन्छ भने उदेश्यले आफुले पहिले देखि हरेक वर्ष जन्मदिनको अवसरमा विभिन्न समाजिक कार्य गर्दै आएको बताएका छन ।

उनले सोमबार एक कार्यक्रमका बिचमा युथ अफ सल्यान फाउन्डेसन मर्फत बिरामीलाई १०हजार नगद आर्थिक सहयोग गरेका हुन । मिर्गौला पिडित पुष्कर जगं बुढाथोकी अहिले बुद्ध ईन्टरनल अस्पताल घोराहिमा उपचाररत छन ।