February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
कविता – मलाइ गर्व छ :- विमर्श प्रधान

कविता – मलाइ गर्व छ :- विमर्श प्रधान

मलाइ गर्व छ, यस्तो देशको नागरीक हुनुमा
जहाँ बाटामै राहत हराउछन्
अनी भोका नाङ्गा प्राकृतीक बिपत्तीमा परेका
जनताको भलो गर्यौ भन्दै,
पाखण्डी जोडजोडले कराउछन्।

मलाई गर्व लाग्छ,
यस्तो देशको जनता भएकोमा
जहाँ झोलामा खोला लुकाईन्छ,
असार श्रावणमा नदीनाला सुकाईन्छ।
अनी एक्काईसौ शताब्दीमा झिलिमिली
ढुंगे युग कै अन्धकारमा छुपाईन्छ।

मलाई घमण्ड छ,
यस्तो राष्ट्र को प्रजा हुनुमा
जहाँ नेताका सन्तानहरु
बिदेशी बिश्व बिध्यालयका छात्र हुन्छन
अनी गरीब जनताका चाहिँ
आन्दोलन र बलीदानका पात्र हुन्छन् ,
मलाई दु:ख छैन,
यस्तो सीमाना भीत्रको नागरिक हुनुमा,
सीमा स्तम्भमै झण्डा लुक्ने गर्छन्,

देशकै राजधानीमा राष्ट्रीयता झुक्ने गर्छन्
खाड़ीको तातों हावामा पसीना सुक्ने गर्छन्
अनी देश डोर्याउने विरासत लिएर
जन्मेका यी भडुवाहरु
देशभक्ति ओतप्रोत शब्द भुक्ने गर्छन् ।

मलाई अझ गर्व लाग्छ,
यस्तो देशको राहदानी लिनुमा।
जहाँ हराई रहेको सगरमाथा खोज्न,
मलेसियाको टावरबाट दूरबीन लाउनुपर्छ
तराईको गर्मी छल्न,
साउदीको मरुभूमि धाउनुपर्छ
अनि बिदेशी भूमीको सुरक्षार्थ खट्टीन
वीर गोर्खालीको गाथा गाउनुपर्छ,

मलाई खुसी छ,
यस्तो देशको भक्त हुनुमा
जहाँ हुनेखाने नागरिकता बेच्न बिदेशी भूमी छुने गर्छन्
नहुने खुला आकाश सॉझी राखी रुने गर्छन्,
र त म भन्ने गर्छु।

मलाई गर्व छ घमण्ड छ
अनी म खुसी छु
नेपाली हुनुमा।

जय देश जय राष्ट्र
-विमर्श प्रधान

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज