May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
मजदुरीका लागि भारत हिडेका सल्यानका एक व्यक्ति एक हप्तादेखी सम्पर्कबिहिन

मजदुरीका लागि भारत हिडेका सल्यानका एक व्यक्ति एक हप्तादेखी सम्पर्कबिहिन

मंसिर २३, सल्यान । मजदुरीका लागि भारत हिडेका सल्यानका एक ब्यक्ति बाटोबाटै परिवार बाट सम्प’र्कबिहिन भएका छन । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङ छापनेटाका ४२ वर्षिय चन्द्र बहादुर खड्का एक हप्ता देखी सम्प’र्कविहन भएका हुन ।

यहि मंसिर १६ गते मजदुरीको लागि भारत जान्छु भनेर हिडेका चन्द्र बहादुर अहिले सम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले बताएको छ । हराइरहेका आफ्ना श्रीमानको खोजतलासका लागि उनकी श्रीमति रुपि खड्काले इलाका प्रहरी कार्यालय लुहाममा निवेदन समेत दिइसकेको बताएकी छन । साथै श्रीमान खोजी गरिदिन उनले सबैलाई अनुरोध गरेकी छिन् ।

दाङ तुलसिपुर स्थित गहतेमा बसोबास गर्दै आएका आफ्ना भाइ ( खड्काका साला ) पिमलाल महताराको घरमा बास बस्न जाने र त्यहीँबाटै भाइसंग काम गर्न भारत जाने भनेर घरबाट निस्कीएका चन्द्र बहादुुर अहिले सम्म पनि घरपरिवार र आफन्तीसंग सम्पर्कमा नआएको भन्दै खोजिका लागि परिवारले आग्रह गरेको हो ।

उनकी श्रीमति रुपि खड्काले भनिन्, – ‘मंशिर १६ गते दिउँसो ३ बजे तीर घरपरिवारको सल्लाह बमोजिम काम गर्न जान्छु भनेर निस्कनु भयो, बेलुकी ५ बजे सम्म त्रिवेणीको टुनिबोट बजारमा छु, अव दाङ जान्छु भनेर फोन गर्नुभएको थियोे । त्यसपछी उहाँ भाइको घरमा पनि पुग्नु भएन, अहिले सम्म कहाँ हुनुहुन्छ भन्ने बारे केही पनि थाहा छैन ।’ आफन्तीको गाउँ, घर, भारत र जान सक्ने सम्भावित सबै ठाउँमा खोजि गर्दा पनि फेला नपरेको उनले बताइन् ।

आफु र आफ्नो भाई तुलाराम महतारा खोजि कार्यमा लागिरहेको रुपिले बताइन् । घरमा आफु, एक छोरा र एक छोरी रहेको जनाउदै उनले कमाउन भनेर घरबाट निस्कीएका श्रीमान हराउँदा आफुहरु विचल्लीमा परेको भन्दै खोजिका लागि सबैसंग अनुनय गरिन् । आफ्नोे श्रीमानलाई कोही कसैले भेटेमा ९८०८१११८३० र ९८६६६०६८३३ मा फोेन गरेर जानकारी गराउन उनले आग्रह गरेकी छिन् ।