May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
सल्यानमा सामुदायिक बन द्वारा एकसय घरधुरीलाई ग्यास चुलो बितरण

सल्यानमा सामुदायिक बन द्वारा एकसय घरधुरीलाई ग्यास चुलो बितरण

मंसिर ३, सल्यान । सल्यानको एक सामुदायिक बनले आफ्ना १ सय घरधुरीलाई उपभोक्ता सदस्यहरूलाई ग्यास चुलो बितरण गरेको छ ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर २ कुइयाझोल टोलको कैलास जागृति सामुदायिक बन उपभोक्ता समितिले आफ्ना १ सय घरधुरी उपभोक्ताहरूलाई सहुलियतमा ग्यास चुलो बितरण गरेको हो ।

त्यस्तै समितिले स्वास्थ्य चौकी कुइयाझोललाई पनि एउटा ग्यास चुलो उपलब्ध गराएको छ ।

धुवा रहित भान्सा बनाउन, दाउराको खपत कम गर्न र रुख का’ट्ने तथा बन फ’डानी रोक्ने गराउने उदेश्यका साथ ग्यास चुलो र त्यसमा प्रयोग हुने सम्पुर्ण सामान बितरन गरियको उपभोक्ता समितीका अध्यक्ष सुनिल बस्नेतले बताए ।

सामुदायिक बनको ५ लाख ८० हजार लागतमा ग्यास चुलो बितरन गरियको उपाध्यक्ष भिमप्रकाश बिकले बताए । ग्यास चुलो बितरण पछि दाउराको रुपमा सामुदायिक बनमा रुख बिरुवाको फडा’नी रोकिने बिस्वास गरिएको छ ।

ग्यास चुलो पाउँदा स्थानीयहरु खुसी भयका छन । शनिबार एक कार्यक्रमको आयोजना गरि उपभोक्ताहरूलाई ग्यास चुलो बितरण गरिएको हो ।