December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
घर भत्कीदा घाई’ते भएका खत्रीको सकुसल उद्धार

घर भत्कीदा घाई’ते भएका खत्रीको सकुसल उद्धार

असोज १, सल्यान । सल्यानमा प्रहरीले घर भत्कीदा घाई’ते भएका एक जनाको सकुसल उद्धार गरेको छ ।

बुधबार, दिउसो १२ बजे जिल्लाको शारदा नगरपालिका वडा न. २ ठण्डीसडकका बिरबहादुर सिंहको जस्ता पाताले छाएको २ तले कच्ची घरको माथिल्लो तला भत्कीएको थियो ।

घर भत्कीएको जानकारी पाउँन साथ घटनास्थल पुगेको नेपाल प्रहरीले सोहि घरमा भाँडा खोज्न आएका शारदा नगरपालिका वडा न. २ ठण्डीसडकका ५० बर्षिय भरत खत्रीलाई  घाई’ते अवस्थामा फेलापारी तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल पठाएको हो ।

भत्कीएको घरको सामान र उक्त स्थानमा मान्छेहरुलाई सुरक्षित ठाउँमा सारिएको सल्यान  प्रहरीले जनाएको छ ।