June 15, 2026, Monday
२०८३ असार २, मंगलवार
सल्यानको कपुरकोटमा ग्रिनेड बम फेला

सल्यानको कपुरकोटमा ग्रिनेड बम फेला

सल्यान, ८ माघ ।

सल्यानको कपुरकोट गाउँपालिका–४, किमीचौरस्थित रिपिटर टावरको मुनि ग्रिनेड बम फेला परेको छ। झाडी सफाइ गर्न गएका स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले सूचना दिएलगत्तै जिल्ला प्रहरी कार्यालय सल्यानको टोली घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर कुमार न्यौपानेका अनुसार, मङ्गलबार बेलुकी ग्रिनेड फेला परेको थियो। बम डिस्पोज गर्न नेपाल आर्मीलाई तत्काल खबर गरिएको भए पनि कपुरकोट भौगोलिक रूपमा टाढा रहेका कारण आर्मी बुधबार मात्र डिस्पोज गर्न घटनास्थलमा पुग्नेछ। प्रहरीका अनुसार आर्मी नपुग्दासम्म घटनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।

द्वन्द्वकालमा रिपिटर टावरहरूको सुरक्षा गर्न आर्मीसहितको संयुक्त सुरक्षा फौज तैनाथ गरिन्थ्यो। प्रहरीको अनुमान अनुसार, उक्त ग्रिनेड त्यही समयमा सुरक्षा फौजबाट छुटेर त्यहाँ बाँकी रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।