August 24, 2026, Monday
२०८३ भाद्र ८, सोमबार
दक्षिण कोरियामा अस्ताइन् इलामकी २० वर्षीया सोनु

दक्षिण कोरियामा अस्ताइन् इलामकी २० वर्षीया सोनु

दक्षिण कोरियामा विद्यार्थी भिसामा गएकी इलामकी २० वर्षीया सोनु श्रेष्ठको हृदयघातका कारण निधन भएको छ। माई नगरपालिका–१ की सोनु गत फेब्रुअरीमा कोरिया पुगेकी थिइन् र उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। आईतबार हृदयघात भएपछि उनको उल्सान अस्पतालमा निधन भयो। पोस्टमार्टमपछि उनको शव आफन्तलाई जिम्मा लगाइएको छ।

सोनुको शव नेपाल ल्याउने तयारी भइरहेको छ, तर आर्थिक अभावका कारण समस्या उत्पन्न भएको छ। सोनु, लिलाकुमार र प्रतिमा श्रेष्ठकी माइली छोरी हुन्। उनका दिदी र भिनाजु पनि कोरियामै रहेका छन्। घरमा उनकी ४५ वर्षीया आमा, बहिनी, र भाइ छन्, जसले गाउँमै सामान्य खेतीपाती गर्दै जीवनयापन गरिरहेका छन्।

फिरन्ते जीवन बिताइरहेको एउटा समूह, जहाँ पुग्दा देखियो यस्तो दृश्य ||हेर्नुहोस् भिडियो ||

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज