February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
रेल दुर्घटनामा ज्यान गुमाएका मेघराजको परिवारलाइ दुई लाख रुपैयाँ आर्थिक सहायता प्रदान

रेल दुर्घटनामा ज्यान गुमाएका मेघराजको परिवारलाइ दुई लाख रुपैयाँ आर्थिक सहायता प्रदान

असार २७, सल्यान ।

मलेसियामा रेल दुर्घटनामा परेर ज्यान गुमाएका सल्यान कालिमाटीका मेघराज वलीको घरपरिवारलाइ २ लाख रुपैया आर्थिक सहायता उपलब्ध गराइएको छ । अन्तरास्ट्रिय प्रवासी नेपाली मञ्च मलेसियाको पहलमा संकलन भएको रकम विहिबार घरपरिवारलाइ हस्तान्तरण गरिएको हो ।

कालिमाटी गाउँपालिका वडा नम्बर २ स्थित मृतक मेघराजको घरमा पुगेर नेकपा एमाले सल्यानले आर्थिक सहायता हस्तान्तरण गरेको हो । नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले पार्टीका जिल्ला उपाध्यक्ष ओज बहादुर बुढाथोकी, उपसचिव सनसिल्ता वली डिसी, एमाले कालिमाटी गाउँपालिकाका अध्यक्ष केशर बुढा लगायतको सहभागितामा मृतकको श्रीमती सविता वलीलाइ दुई लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

बैदेशिक रोजगारिको शिलसिलामा रहेका बेला मलेसियामा २०८० माघ २७ गते मेघराजको पार्टी निकटको संगठन प्रवासी नेपाली मंचको कार्यक्रममा जाने क्रममा रेल दुर्घटनामा परेर ज्यान गएको थियो । मलेसियामा प्रवासी नेपाली मंचका अध्यक्ष संजय थापाको पहलमा संकलित रकम एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष भक्त बहादुर रावत र प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका सचिवालय सदस्य विमला भण्डारीले एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष सेनलाइ काठमाडौंमा उपलब्ध गराएका थिए ।

उक्त सहायता रकम हस्तान्तरण गर्दै अध्यक्ष सेनले पार्टीका जुझारु योद्धा तथा नेपाल राष्ट्रिय युवा संघमा आवद्ध मेघराजको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गर्दै शोकलाइ शक्तिमा बदल्न आग्रह गर्दै पिडित परिवारको साथमा पार्टी रहने बताएका थिए । एमाले कालिमाटीका अध्यक्ष केशर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन २ नम्बर वडा कमिटी अध्यक्ष शसिराम वलीले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज