March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
राष्ट्रिय युवासंघको र्याली र सभा सम्पन्न

राष्ट्रिय युवासंघको र्याली र सभा सम्पन्न

जेठ १, सल्यान ।

आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा सल्यानको कालिमाटीमा राष्ट्रिय युवा संघ नेपालले र्याली निकालेको छ ।

सोमबार नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ कालिमाटी गाउँपालिकाले र्याली तथा सभाको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

युवा संघमा आवद्ध युवा तथा पार्टीका विभिन्न कमिटिमा रहेका पदाधिकारी एवम सदस्यहरु सम्मीलित र्यालीमा भ्रस्टाचारीलाइ कारवाही गर, दोषी कोहि नछुटोन, निर्दोष कोहि नपरोन लगाएतका नारा लागेको थियो । कालिमाटीको रामपुर बजार क्षेत्रमा विभिन्न नारा सहित र्याली र सभा गरेर दिवस मनाइएको राष्ट्रिय युवा संघ कालिमाटीका अध्यक्ष टेक बहादुर सुवेदीले जानकारी दिए ।

र्याली पश्चात् आयोजित सभामा बोल्ने बक्ताहरुले युवा संघलाइ युवाको हक, हित र अधिकार प्राप्तीका लागि बढी केन्द्रीत गर्नुपर्नेमा जोड दिए । सभाका प्रमुख अतिथी नेकपा एमाले सल्यानका उपसचिव तथा कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले युवाहरुकै सहभागिता र नेतृत्वमा विकास, परिवर्तन सम्भव रहेको बताए । उनले संघले युवाको पक्षमा राजनीतिक तथा सामाजिक आन्दोलन चलाउनुपर्ने बताए ।

यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष रुपक बुढाले पुजिवादको विरुद्ध लड्दै समाजवाद प्राप्तीका लागि निरन्तर सक्रिय रहेको नेकपा एमालेको लक्ष्य पूरा गर्न युवाहरुको महत्वपुर्ण भुमिका रहने बताए । एमाले कालिमाटीका अध्यक्ष केशर बुढाले युवाहरु सृजनशिल र उद्यमी बन्नुपर्नेमा जोड दिए ।

र्यालीमा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा एमाले सल्यानका सचिवालय सदस्य सनशिलता वली डिसी, एमाले सल्यानका सचिवालय सदस्य इन्द्र बहादुर वली, जिल्ला कमिटी सदस्यहरु रवीलाल बस्नेत, बेल बहादुर चन्द, अमर डांगी, एमाले कपुरकोटका अध्यक्ष द्रोण केसी, दलित महिला संघ कर्णालीका सदस्य राधा सुनार लगायतको सहभागीता थियो । युवा संघ कालिमाटीका उपाध्यक्ष प्रकाश सारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण युवा संघका जिल्ला कमिटी उपसचिव दिलिप रावतले गरेका थिए ।

युवा संघले प्रत्येक वर्षको जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाउँदै आएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज