March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानको कालिमाटी गाउँपालिकामा एमालेको जित : अध्यक्षमा पुनः केसी र उपाध्यक्षमा ओलि विजयी

सल्यानको कालिमाटी गाउँपालिकामा एमालेको जित : अध्यक्षमा पुनः केसी र उपाध्यक्षमा ओलि विजयी

जेठ ४, सल्यान।
सल्यानको कालिमाटी गाउँपालिकामा नेकपा एमाले विजयी भएको भएको छ।

गाउँपालिका अध्यक्षमा दानबहादुर केसि र उपाध्यक्षमा सहनसिलता ओलि निर्वाचित भएका हुन ।

केसिले ३ हजार ६२ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धि माओबादी केन्द्रका पुरुशोत्तम भट्टराईले २ हजार ३९ मत प्राप्त गरेका छन ।
केसीले भट्टराईलाई १ हजार १३ मतान्तरले हराएका छन ।

पालिका अध्यक्षमै नेपाली कांग्रेसका भरत पुनले २ हजार ४० मत प्राप्त गरेका छ्न ।

त्यस्तै उपाध्यक्षमा ओलिले २ हजार ९ सय ६७ मत प्राप्त गरि विजयी हुदा एकीकृत समाजबादीका ज्ञान बहादुर खत्रीले २ हजार ४ सय ७५ मत प्राप्त गरे ।

ओलिले खत्रीलाई ४ सय ९२ मतान्तरले पराजित गरेकि छिन। त्यस्तै नेपाली कांग्रेसका कासिमाया राणाले २ हजार ५८ मत प्राप्त गरेकि छन ।

पालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित केसि र ओलि २०७४ मा अध्यक्ष, उपाध्यक्षमा निर्वाचित भएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज