परीक्षाप्रतिको डर हटाइ आत्मविश्वास बढाउन नमुना एसईई परीक्षा सुरु
फागुन १५, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा मंगलबारदेखि नमुना एसईई परिक्षा सुरु भएको छ । वडा शिक्षा समितिको निर्णय अनुसार एसईईको पूर्व अभ्यासका लागि नमुना परिक्षा सञ्चालन गरिएको हो ।
वडाभित्रका महेन्द्र मावि र त्रिभुवन जनता माबिका ५५ जना विद्यार्थी नमुना एसईई परिक्षामा सहभागि भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जनाए । गाउँपालिकाले विद्यालयहरुमो एसईई तयारी कक्षा सञ्चालन गरिरहेको भन्दै उनले विद्यार्थीमा परीक्षाप्रतिको डर हटाइ आत्मविश्वास बढाउन, एसईई परीक्षाको लागि अभ्यस्त बनाउन नमुना परिक्षा सञ्चालन गरिरहेको बताए ।
वडाको सामुदायिक भवन लेखनाचौर गरिपारेमा सुरु भएको परिक्षा यहि फागुन १८ गते सम्म सञ्चालन हुने छ । विद्यार्थीले दिनमा दुईवटा विषयको परिक्षा दिइरहेका छन् । नमुना परीक्षाको नतिजा विष्लेशण गरि आगामी एसइइमा राम्रो अंकसहित उतीर्ण गर्न उपचारात्मक कक्षामा सहभागी गराइ सहयोग गर्न तथा विद्यार्थीमा सहजै प्रश्न बुझ्ने र उत्तर लेख्ने शैलीको विकास गर्न नमुना परिक्षाले मद्दत गर्ने केन्द्राध्यक्ष बालाराम ओलीले बताए । शैक्षिक सुधारका लागि प्रारम्भीक अभ्यास र पूर्व तयारिका लागि सहयोग पुग्ने भन्दै उनले एसईई परिक्षा आउन एक महिना बाँकी रहदै गर्दा के सुधार गर्न बाँकी रहेछ भन्ने विषयमा जानकारी हुने उनको भनाई छ ।
प्रश्न पत्र र उत्तर पुस्तिकाको लागि आवश्यक स्टेसनरी गाउँपालिकाले सहयोग गरेको छ । आगामी वर्ष नमुना एसईई परिक्षालाई थप व्यवस्थित गरिने वडा कार्यालयले जनाएको छ । स्थानीय सरकार आइसकेपछि पहिलो पटक नमुना परिक्षा भएको भन्दै त्रिभुवन जनता मावि छत्रेश्वरी ५ का प्रधानाध्यापक घनश्याम ओलीले वडा अध्यक्ष सहित वडा शिक्षा समितिले राम्रो कामको सुरुवात गरेको बताए । परिक्षामा सहभागि विद्यार्थी खुसी र उत्साहित रहेको भन्दै उनले आफ्ना सन्तानको भविष्यका लागि नयाँ कामको सुरुवात गरेकोमा अभिभावकले जनप्रतिनिधीलाई धन्यवाद दिएको बताए ।
एसईई नमुना परीक्षाले परीक्षाप्रति रहेको डर अन्यौल हट्ने र आफूमा रहेका कमी कमजोरी सुधार्ने अवसर प्राप्त हुने परीक्षामा सहभागी विद्यार्थीको भनाई छ । नमुना परीक्षाको तयारीका लागि विद्यार्थीले गर्ने मिहिनेत, परीक्षा दिँदाको अनुभव र परीक्षापछि शिक्षकहरुबाट पाउने सल्लाह सुझाबपछि विद्यार्थीहरुले एसईई परीक्षा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको छ ।
लेखकको सम्वन्धमा