July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना : चालकको मृत्यु

सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना : चालकको मृत्यु

फागुन ०७, सल्यान ।

सल्यानमा सुन्तला बोकेको बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मंगलबार करिब ४:३० बजे तिर जिल्लाको छत्रेश्वरी गाउँपालिका – १ मयानी स्थित भित्री कच्ची सडक खण्डमा दमाचौरबाट सुन्तला बोकेर मोखला जाँदै गरेको ग. ३ च ३३१२ न. को जिप दुर्घटना हुँदा चालक तनहुँ जिल्ला आबुखैरेनीका ३५ बर्षीय अर्जुन बि.कको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

जिप उकालोमा चढ्न नसक्दा अनियंत्रित भइ दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा परेर घाइते अबस्थामा रहेका उनको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा करिव ६:५० बजेतिर मृत्युु भएको हो ।

उनको शव अहिले पोस्टमार्टमकोलागि अस्पताल सल्यानमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज