July 26, 2026, Sunday
२०८३ श्रावण १०, आईतवार
१० दिने डकर्मी तालिम सुरु : सीप सिक्दै मिस्त्रीहरुले विपन्न घरधुरीमा सौचालय निर्माण गरिदिने

१० दिने डकर्मी तालिम सुरु : सीप सिक्दै मिस्त्रीहरुले विपन्न घरधुरीमा सौचालय निर्माण गरिदिने

मंसिर २७, सल्यान ।

१० दिने डकर्मी तालिम बुधबार देखि सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ ।

तालिमको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन् । सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत पालिकाभित्रका डकर्मी तालिम प्रदान गर्न लागिएको हो । विशेष गरेर सौचालय निर्माणलाई जोड दिदै तालिममा संरचना निर्माणका लागि उपयुक्त स्थानको छनौट, नक्सांकन, संरचना प्रणाली, निर्माण सामग्रीको गुणस्तर, भारबहन पद्धति, निर्माण सामग्रीको प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिने गाउँपालिकाको वास ईकाइले जानकारी दिएको छ ।

तालिम अन्तर्गत स्तरिय सौचालय नभएका तथा सौचालय नै नभएका गाउँपालिकाभित्रका २० वटा घरधुरीमा सौचालय निर्माण गर्ने लक्ष्य रहेको वास इकाईका प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए । उनका अनुसार ती घरहरुमा प्रशिक्षकहरु संगै सहभागि प्रशिक्षार्थीहरुले सौचालय निर्माण गर्नेछन् । यसले पुर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउन सहयोग पुग्ने अपेक्षा छ ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले तालिममा सहभागि धेरैजसोले विगत देखि नै मिस्त्री काम गरिरहेको भन्दै यसलाइ थप निखार्न, नया ढंगले निर्माण कार्य गर्नका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै ध्यानपुर्वक सीप सिक्न र दक्षतालाइ बढाउन आग्रह गरे ।

तालिमको प्रमुख प्रशिक्षकमा हरि बहादुर खड्का र सहायक प्रशिक्षकमा युवराज खत्री रहेका छन् । सहभागिहरुले वस्ती स्तरमा नै पुगेर प्रयोगात्मक रुपमा भुकम्प प्रतिरोधी संरचना निर्माण बारे पनि ज्ञान र सीप सिक्ने वास सहजकर्ता सुरज वलीले जानकारी दिए । सौचालय बनाउन आवशयक पर्ने स्थानिय सामग्री वाहेक सिमेन्ट, छड, सिट, जस्ता पाता लगायत निर्माण सामग्री गाउँपालिका (सुस्वा) बाट नै उपलब्ध गराइने उनले जनाए । डकर्मी तालिममा सम्बन्धीत वडाबाट सिफारिस भए अनुसार जम्मा १० जना प्रशिक्षार्थी सहभागि छन् ।