April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई १४५ किसिमका सामग्री वितरण

सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई १४५ किसिमका सामग्री वितरण

पौष २७, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा रहेको एक प्रसुती  गृहलाई सुत्केरी हुन तथा सुत्केरी भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराइएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ मा रहेको छायाँछेत्र स्वास्थ्य चौकीको वर्थिङ सेन्टरलाई १४५ किसिमका सामग्री वितरण गरिएको गाउँपालिकाले बताएको छ ।

One Heart WORLDWIDE को सहयोगमा वर्थिङ सेन्टरको लागी आवश्यक सामग्रीहरु बेड, पिएनसी वेड, अक्सीजन सिलिण्डर, हिटर, फुट स्टेप, पेरिलाईट लगाएतका उपकरण तथा सामग्री मंगलबार पालिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य शाखा प्रमुख सहयोगी संस्थाको कर्मचारी , स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको सहभागितामा हस्तान्तरण गरिएको हो ।

दलित विकास समाज सल्यानबाट सञ्चालन भएको उक्त परियोजना तथा गाउँपालिकासंगको साझेदारीमा दुई लाख ५० हजार बराबरका सामग्री उपलब्ध गराइएको हो ।

वर्थिङ सेन्टरमा आवश्यक उपकरणको सुविधा थपिएपछि गर्भवती महिलालाई सुत्केरी गराउन सहज हुने र यसले मातृ तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । “आमा तथा नवजात शिशुलाई चिसोबाट बचाउन, आवश्यक परेमा अक्सीजन दिन र सुरक्षित प्रसुतिका लागि धेरै नै सहज हुनेछ बुढाथोकीको भने ।”

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज