September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
सल्यानको छत्रेश्वरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सल्यानको छत्रेश्वरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

फागुन ०९, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ ।

३ दिनसम्म संचालन हुने पालिका स्तरीय प्रतियोगिताको सोमबार उद्घाटन गरिएको छ । कार्यक्रमलाई सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले दिप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले खेल क्षेत्रले स्वास्थ्यको लागि मात्र नभई सिंगो राष्ट्रलाई चिनाउना महत्वपुर्ण भुमिका खेल्ने भएकोले खेल क्षेत्रको लगानीमा चासो देखाउनु पर्ने बताएका छन् । खेलकुदको जग बिद्यालय नै भएकोले बिद्यार्थिहरुले पढाई र खेललाई संगै अघि बढाउन र खेलाडि अनुशासनमा रहन अनुरोध गरे । खेलखेल्दा शरिर फुर्तिलो र स्वस्थ हुनेमात्र नभएर व्यक्तिको भबिष्य पनि खेलसँग जोडिएकोे उनले बताए ।

तेस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले गाउँपालिका भित्रका खेलाडीले जिल्ला हुदै राष्ट्रसम्म खेल्ने सक्ने भन्दै खेलाडीहरुको प्रोत्साहन को लागि गाउँपालिका हर–कदम साथमा रहेको बताए । खेल ब्यक्तिको लागि मात्र नभई राष्ट्रको गहना र पहिचानसंग जोडिएकाले यसमा गाउँपालिकाले लगानी गर्दै आएको र आगामी दिनमा पनि लगानी गरिने उनले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्धा के.सी, संस्थापक उपाध्यक्ष सिता के.सी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्य, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न निकायका प्रतिनिधि लगाएकाले शुभकामना मन्तव्य राखेका थिए । शारदा मा.बि शंखमुलमा भएको प्रतियोगितामा पालिका भित्रका ९ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रशाद योगीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन खडग शाहीले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज