April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
बागचौर नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

बागचौर नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

 

फागुन १०, सल्यान । बागचौर नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ ।

बुधबार बाट जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा कार्यक्रम सुरु भएको हाे ।

बागचाैर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद विकास समिति संयोजक टीकाराम वलीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम प्रमुख अतिथिकाे रुपमा सहभागी हुनुभयो ।

उक्त कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि नगर प्रमुख गाैतमले ब्यानर पढेर तथा दीप प्रज्वलन गरेर गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख गौतमले बागचौर नगरबासीको समृद्धि र समृद्ध बागचाैर निर्माणका लागि जनताले दिएको जिम्मेवारीलाई कुसलतापुर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । सिमित स्रोत र साधनको अभाव रहँदा-रहँदै खेलाडीहरुको उज्ज्वल भविष्यका निमित्त नगर सरकारबाट वडा स्तर देखि नगर सम्म विभिन्न खेलकुद कार्यक्रम गर्दै आयको उहाँको भनाइ छ ।

दोस्रो राष्ट्रपति रनिङ शिल्डमा खेलाडीहरुले अनुशासीत, मर्यादित भएर खेल खेल्न र आयोजक टिमबाट भेदभावरहित, निष्पक्ष रुपले खेलाडीहरु छनोट गर्न आग्रह गर्दै खेलाडीहरुलाई उत्कृष्ट भै जिल्ला स्तरीय रनिङ सिल्डमा बागचौर नगरपालिकाको नाम उच्च राख्न सफल हुनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य कार्यक्रमका विशिष्ट अतिथि बागचाैर नगरपालिकाका नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतम, नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह-महामन्त्री एकराज डाँगी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य टिकाराम वली, नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी, अतिथिहरु नेकपा एमालेकि जिल्ला सदस्य निर्मला रोका, राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रदेश सदस्य टोप बहादुर के.सी., नेपाल कम्युनिष्ट पार्टिका जिल्ला सेक्रेटरी मदन चन्द, बागचौर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, एकीकृत समाजवादी बागचौर नगर सचिव डम्बर भण्डारी, जिल्ला खेलकुद विकास समितिका सचिव तुफान वली, अमर ज्योति मावि चोरपानीका विद्यालय व्यवस्थापन समिती अध्यक्ष बल बहादुर भण्डारी र जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेका प्रधानाध्यापक डा. पूर्ण बहादुर भण्डारी लगायतले राख्नुभएको थियोे। उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, खेलाडी लगाएत नगरवासीहरुको सहभागिता रहेको थियो ।

बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास समितिका संयोजक तथा वडा नं. १२ वडा अध्यक्ष टिकाराम वलीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षा, युवा तथा खेलकुद विकास समितिका सदस्य रेशम रसाइलीले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण जनकल्याण नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तुल्सीराम बस्नेतले गर्नुभएको थियो । कार्यक्रम फाल्गुन १२ गतेसम्म संचालन हुनेछ ।

तस्बिर : सन्जीव देवकोटा (प्रेस सल्लाहकार) बागचौर नगरपालिका सल्यान ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज