April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
जंगलमा लागेको आगो निभाउन गएका एक पुरुष जलेर घाइते

जंगलमा लागेको आगो निभाउन गएका एक पुरुष जलेर घाइते

 

फागुन ११, सल्यान । सल्यानमा जंगलमा लागेको आगो निभाउन गएका एक पुरुष जलेर घाइते भएका छन ।

बिहिवार जिल्लाको बागचाैर नगरपालिका वडा नं. १ काेटबेद जंगल नजिक खरबारीमा लागेको आगो निभाउन गएका ५२ बर्षीय प्रेम सुनार जलेर गम्भीर घाइते भएका हुुुन ।

सुनारको कम्मर मुनिको पछाडिको भाग जलेको छ । आगो निभाउने क्रममा तीव्र रुपमा हावा चल्दा आगोको लप्कोले उनको शरीर जलेको हो ।

जलेर गम्भीर घाइते भएका सुनारको उद्वारका लागि बागचाैर नगरपालिकाकाे एम्बुलेन्स मार्फत प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

आगलागी किन र कस्ले लगायो भन्ने बारेमा अनुसन्धान इलाका प्रहरी कार्यालय थारमारेले बताएको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज