January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागचौरको दोस्रो स्थानीय अधिबेशन सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागचौरको दोस्रो स्थानीय अधिबेशन सम्पन्न

 

बैशाख ०७, सल्यान । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागचौर नगरपालिकाको दोस्रो स्थानीय अधिबेशन सम्पन्न भएको छ ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल बागचौर नगरपालिकाको आयोजनामा बिहीवार बागचौर नगरपालिका – २ बागचौरमा सम्पन्न अधिबेशनमा २५ सदस्यीय समिति चयन गरिएको छ ।

नगर प्रमुख जनकराज गौतमको प्रमुख अतिथित्वमा सम्पन्न कार्यक्रममा बिशिस्ट अथितीको रुपमा नगरउपप्रमुख सुम्निमा डिसि वली र पुर्व नगर प्रमुख लोकमान बुढाथोकी रहनु भएको थियो ।

अधिबेशनले महासंघको सहमति अनुसार २५ सदस्यीय समिति चयन गरेको छ । जसको अध्यक्षमा डम्बर भण्डारी, उपाध्यक्ष पलमान खड्का, सचीवमा शारदा वलि, कोषाध्यक्षमा रमिता बस्नेत सहित २५ सदस्य समिति चयन गरिएको हो ।