September 20, 2026, Sunday
२०८३ आश्विन ५, सोमबार
सल्यान जिल्लाकै सबैभन्दा ठुलो कवर्ड हलको छत्रेश्वरी गाउँपालिकामा उद्घाटन

सल्यान जिल्लाकै सबैभन्दा ठुलो कवर्ड हलको छत्रेश्वरी गाउँपालिकामा उद्घाटन

२५ चैत, सल्यान।

सल्यान जिल्लाकै सबैभन्दा ठुलो कवर्ड हलको छत्रेश्वरी गाउँपालिकामा उद्घाटन गरिएको छ।

गाउँपालिकाको वडा नं ६ भोटेचौर सल्यानमा नव निर्मित कवर्डहलको उद्घाटन पालिका अध्यक्ष सन्तोष केसीले गरेका हुन ।

खेललाइ शारीरिक अभ्यासका रुपमा लिन सकिने , युग सुहाउने खेलकुदको विकास अहिलेको आवश्यकता रहेको भन्दै हिजो एक कार्यक्रमका बिच उक्त कवर्ड हलको उद्घाटन गरिएको हो ।

कवर्ड हल निर्माण उपभोक्ता समितिले उक्त आयोजना सम्पन्न गरेको हो ।

आयोजना सम्पन्न गरेको भन्दै कवर्ड हल निर्माण उपभोक्ता समितिलाई बिशेष धन्यबाद दिदै प्रसंशा-पत्र प्रदान गरिएको थियो ।

साथै उक्त कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अन्तर्गत निर्माण भएका आयोजनाहरु ढकढक भ्यू टावर, शिवलिङ्ग पार्क, गाउपालिका स्वागत गेट जस्ता आयोजनाहरु निर्माण/ सम्पन्न गरेका निर्माण उपभोक्ता समितिहरुलाई प्रसंशा-पत्र प्रदान गरिएको थियो ।