February 23, 2024, Friday
२०८० फाल्गुन ११, शुक्रबार
सल्यानमा ट्याक्टर दुर्घटना : चालक गम्भीर घाइते

सल्यानमा ट्याक्टर दुर्घटना : चालक गम्भीर घाइते

मंसिर २५, सल्यान ।

सल्यानमा ट्याक्टर दुर्घटना हुदा चालक गम्भीर घाइते भएका छन ।

जिल्लाको शारदा नगरपालिका ६ बरला नजिक राप्ती राजमार्गमा सोमबार करिव ७ बजेको समयमा रा.१ त २१०१ न. को ट्याक्टर दुर्घटना हुदा चालक शारदा नगरपालिका १ सितलपाटिका २२ बर्षीय सन्तोष बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

ट्याक्टर शिद्द कुमाख गाउँपालिका – ३ ढोरचौरबाट श्रीनगर आउदै गर्दा बरला नजिकै सडक देखि करिब ३० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । घाइते चालकको अहिले श्रीनगर स्थित मेट्रो अस्पतालमा सामान्य उपचारपछि थप उपचारकोलागि नेपालगन्ज पठाइएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज