May 27, 2024, Monday
२०८१ जेष्ठ १५, मंगलवार
संकल्प यात्रा अन्तर्गत सल्यान सल्लिबजारमा एमाले नेताहरु आउने क्रम जारी, आज केपी ओलीको सम्बोधन

संकल्प यात्रा अन्तर्गत सल्यान सल्लिबजारमा एमाले नेताहरु आउने क्रम जारी, आज केपी ओलीको सम्बोधन

मंसिर १९, सल्यान ।

नेकपा एमालेले जारी राखेको मध्यपहाडी लोकमार्गमा समृद्वि लागि संकल्प यात्रा २०८० अन्तर्गत आज सल्लि बजारमा हुने जन भेटघाट र पार्टी अध्यक्षको सम्बोधन कार्यक्रमको तयारी पूरा भएको छ ।

एमाले सल्यानले बनगाड कुपिण्डे नगरपालिकाको सल्ली बजारमा विहान ८ बजेका लागि सबैलाइ आमन्त्रण गरेको छ । पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्लाबासीसंग भेटघाट र सम्बोधन गर्ने भनिएको भोलिको कार्यक्रममा केन्द्र, प्रदेश तथा विभिन्न तहका कमिटिमा रहेका पदाधिकारीहरुको पनि सहभागिता रहने एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले बताए । सल्लिबजारमा एमालेका नेताहरु आउने क्रम हिजो रातिसम्म जारी थियो ।

झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा रहेका पार्टि पंक्तिलाई स्वागतको तयारी लगभग पूरा भएको एमाले बनगाड कुपिण्डे नगर कमिटीका अध्यक्ष गन्जमान बुढाले जानकारी दिए । पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालि, उप-महासचिव पृथ्बि सुब्बा गुरुङ, सचिव गोकर्ण बिष्ट, पद्मा अर्याल, दिपा शर्मा लगायतका नेताहरु सोमबार नै सल्लिबजारमा आइसकेको नगरकमिटि सचिव राजेश वलिले जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज