सल्यानमा एक लाख बढी रकम सहित १३ जुवाडे प्रकाउ
मंसिर ०१, सल्यान ।
सल्यानमा १ लाख बढी रकम सहित १३ जना जुवाडे पक्राउ परेका छ्न ।
जिल्लाको कालिमाटी गाउँपालिका २ झिगानेको एक स्थानीयको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ३४ हजार नगद र २ गड्डी तास सहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउमा पर्नेमा वडा सदस्य, शिक्षक, वडाका प्राविधिक, स्वास्थ्यकर्मी लगायत अन्य रहेका छन् । पक्राउ परेका १३ जनालाई थप अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।
#जुवाडे पक्राउ #जुवातास #सल्यान
लेखकको सम्वन्धमा