July 14, 2024, Sunday
२०८१ असार ३१, आईतवार
पाल्पाको रानीमहल जाँदै गरेको जिप दुर्घटना : ६ जनाको मृत्यु, चालक घाइते

पाल्पाको रानीमहल जाँदै गरेको जिप दुर्घटना : ६ जनाको मृत्यु, चालक घाइते

कार्तिक ०५, पाल्पा ।

पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।

जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

जिपमा भएका यात्रु र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले कठिनाइ भएको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज