May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
लेखपोखराको गरिपारेमा सामुदायिक भवन उद्घाटन

लेखपोखराको गरिपारेमा सामुदायिक भवन उद्घाटन

असोज ०८, सल्यान ।

सल्यान लेखपोखराको गरिपारेमा सामुदायिक भवनको उद्घाटन गरिएको छ । २०० जना भन्दा बढी अट्न सक्ने वडास्तरिय भवनको सोमबार छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन् ।

छत्रेश्वरी- ५ लेखपोखरा स्थित गरिपारेमा गाउँपालिकाको १४ लाख रुपैयाँ अनुदान तथा स्थानियको समेत लागत सहभागीतामा भवन निर्माण गरिएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए ।

विभिन्न सामाजिक कार्यक्रम, बैठक तथा तालिम, प्रशिक्षण लगायतका कार्यक्रमका लागि भवन अभावको समस्या हुनेगरेकोमा अब देखि यसकिसिमको समस्या हल भएको छ । भवनमा लेखपोखराका हाल सम्मका जनप्रतिनिधी, सहिद तथा सम्मानित व्यक्तिहरुको तस्बिर समेत राखिएको छ । सामुदायिक भवनका लागि वडाभित्र रहेका सामुदायिक वन समुहहरुले कुर्सीको सहयोग गरेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार अब लगत्तै भवनमा नजिकमा सार्वजनिक सौचालय निर्माणको प्रक्रिया पनि अघि बढिसकेको छ ।

सुन्दर, मनोरम र फराकिलो भुगोल रहेको गरिपारेमा फिल्ड निर्माण संगै पर्यटन प्रवर्द्धनका लागि तस्वीर कैद गर्ने स्थलका लागि आवश्यक संरचना पनि निर्माण गरिएको छ । भवन उद्घाटन अवसरमा स्थानियहरुले मौलिक संस्कृति झल्काउने पंचेबाजा, झांकी तथा नृत्य प्रस्तुत गरेका थिए ।

शिलालेख अनावरण गरेर भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरीको चौतर्फी विकासको लागि हरेक पालिकाबासीको योगदान आवस्यक रहेको बताए । उनले लेखपोखरामा खानेपानी समस्या समाधानका लागि आफुहरु यहि बर्ष नै योजना सम्पन्न गर्नेगरी काम अगाडि बढाएको बताए । बिद्युतीकरण, सडक निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सेवा प्रवाह, सुशासन प्रवर्द्धन लगायतका क्षेत्रमा आफुहरु सकृयताका साथ लागेको बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले बोल्दै सामुदायिक सम्पत्ति संरक्षणका लागि जोड दिएका थिए ।

कार्यक्रममा छत्रेश्वरी ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, तत्कालीन लेखपोखराका गाविसका सभापति डिल्ली बहादुर वली, निवर्तमान वडा अध्यक्ष लिलाधर घर्ती, नेपाली कांग्रेसका प्रतिनिधि तुल्सीराम भण्डारी, नेकपा एमालेका प्रतिनिधि ज्ञान बहादुर खड्का, नेकपा माओवादी केन्द्रका प्रतिनिधि प्रेमलाल घर्ती, राप्रपाका प्रतिनिधि मोतिरामम वली, वडा सदस्य टंक बहादुर वली, वडा सचिव दुर्गा बहादुर केसी, महेन्द्र माध्यमिक बिद्यालयका अध्यक्ष शिव प्रसाद खत्री, कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक बालाराम वली, सामुदायिक वन समुहको तर्फबाट चन्द्र बहादुर केसी लगायतले मन्तव्य राख्दै लेखपोखराको विकासको लागि सबै एकताको साथ लाग्नुपर्ने बताएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज