जलेको अवस्थामा आमाछोरीको शव फेला
भदौ ३०, सल्यान ।
सल्यानमा बिस्तारा जलेको अवस्थामा आमाछोरीको शव फेला परेको छ ।
जिल्लाको त्रिबेणी गाउँपालिका – २ झारढुङगाकि ३२ बर्षीय रेवति थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको शव आफ्नै घर भित्र जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
शुक्रबार साझ खाना खाएर सुतेका उनीहरु शनिबार बिहान अबेर सम्म नउठेपछि स्थानीय ब्यक्तिहरुले ढोका खोली हेर्दा बिस्तारामा जलेको अवस्थामा शव देखेका थिए ।
प्रहरीले अहिले आगो किन र कसरी लाग्यो भन्ने कुराको अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो ।
लेखकको सम्वन्धमा