September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
सल्यानमा केटी केटी बीच बिबाह : जिन्दगीभर सँगै रहने बाचा

सल्यानमा केटी केटी बीच बिबाह : जिन्दगीभर सँगै रहने बाचा

भदौ १५, सल्यान ।

सल्यानमा एक जोडि केटी-केटी बीच विवाह भएकाे छ ।

जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ काेटमाैलाकी याेजना केसीबीच विवाह भएकाे छ ।

३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेकाे बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा याेजना अहिले अमिसाकाे घरमा गएर बसेकी छन् । उनिहरु दुवैजना केटी हुन् ।

माया बसेकै कारण विवाह गरेकाे उनिहरुकाे प्रतिकृया छ । ‘हामीहरु केटी-केटी नै हाैं । समाजले साेचेजस्तेा तेस्राे लिंगी पनि हाेइनाैं । कुनै भाइरल हुनलाइ पनि विवाह गरेका हाेइनाैं, माया बसेर नै विवाह गरेका हाैं’, याेजनाले भनिन् ।

घरपरिवारले नमानेकाे कारण मन्दिरमा गएर सिन्दुर र पाेते लगाएकाे र अब घरमै विधी पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएकाे याेजना केसीकाे भनाइ छ । अहिले अमिसाकाे घरमा परिवारले विवाह स्वीकार गरिसकेकाे र याेजनाकाे घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेकाे उनिहरुकाे भनाइ छ ।

दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेकाे बताएका छन् ।

भिडियो स्रोत : KB HD Youtube

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज