March 3, 2024, Sunday
२०८० फाल्गुन २०, आईतवार
ट्रक र मोटरसाइकल एकाआपसमा ठोक्किदा २ जना घाइते

ट्रक र मोटरसाइकल एकाआपसमा ठोक्किदा २ जना घाइते

भदौ ०८, सल्यान ।

सल्यानमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन ।

जिल्लाको शारदा नगरपालिका – २ जोगिदेउखोला स्थित राप्ती राजमार्गमा शुक्रवार बिहान पश्चिम रुकुमदेखी दाङतर्फ जाँदै गरेको रा.१ ख २८१२ नं. को ट्रक र बिपरित दिशाबाट गईरहेको भे. ७ प. १२५८ नं. को मोटरसाइकल क्रस गर्ने क्रममा ट्रकको पछाडीको टायरमा ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकल चालक सल्यानको शारदा नगरपालिका – २ का २० बर्षीय दिपक रकाल र पछाडी सवार शारदा नगरपालिका – ७ करीका २६ बर्षीय खिमराज बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

उनीहरुको टाउको र हातखुट्टामा चोट भएको र श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो ।

ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका – ३ का २७ बर्षीय ओम प्रकाश भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताउनु भयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज