May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
वालुवासँग्रही, धारापानी रैकर, ढोरपिपल बजार लगाएतका क्षेत्र सञ्चार बिहिन

वालुवासँग्रही, धारापानी रैकर, ढोरपिपल बजार लगाएतका क्षेत्र सञ्चार बिहिन

दुर्गा विसि – सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका ३ वडाका केहि वस्ती सञ्चार बिहिन बनेका छन ।

पालिकाको ७, ८ र ११ वडाका वालुवासँग्रही बजार, धारापानी, रैकर बजार, ढोरपिपल, पाखापानी, गाइदुवा लगाएतका क्षेत्रमा २ महिना देखि फोन सेवा अवरुद्ध बनेका हुन ।

आँपचौरमा रहेको नेपाल टेलिकमको टावरमा खराबी कारण फोन सेवा अबरुद्ध भएको स्थानीयको गुनासो छ । खराबी आएको कुरा क्षेत्रिय दुरसंसार कार्यालय सुर्खेत र शाखा कार्यालय छिन्चुलाइ पटक पटक ताकेता गरे पनि कुरा नसुनेको लक्ष्मी हार्डवयरका प्रोप्राइट्रर लोकेन्द्र वलि बताउनुभयो ।

फोन सेवा अवरुद्ध भएको निकै लामो समय बित्न सुरु भयो सबै निकाय, मन्त्री, संसद सबै माझ कुरा राखियो तर कुनैले वास्ता नदेखाएको वलिको दुखेसो छ । जनप्रतिनिधि तथा स्थानीय सरकार समक्ष समेत समस्या दश्राउने काम भयो त्यहाँबाट पनि कुनै वास्ता नभएको सेवाग्राहीको भनाइ रहेको छ ।

आँपचौर, गाइदुवा, पाखापानी जिउलाका वस्तीहरु, दारिमचौर, धारापानी, वालुवासँग्रहि, ढोरपिपल, लगाएतका व्यापारीक र बजार र गाउँ बस्तीका नागरिक फोन सेवाबाट विमुख भएको दुखेसो पोखेका छन् । टावरमा कहाँ कसरी खराबी आएको हो भन्ने कुरा समेत रेखदेख गर्न नआउनुले र राज्यको निकाय बेखबर बन्नुले सेवाग्राही मारमा परेका छन् ।

बर्सेनि हिउँदकाे समय र वर्षातमा त्यहाँका नागरिकले भाेग्दै आएको याे समस्या प्रती निकाय बेखबर बनेकाे अर्का स्थानीय जितवहादुर विककाे भनाइ रहेको छ । साेलार सिस्टमकाे खराबीबाट चार्ज हुने समस्याका कारण याे अवस्था उत्पन्न भएको हुन सक्ने स्थानीयकाे भनाइ रहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज