बजेटमा असन्तुष्टि जनाउँदै उपप्रमुख सहित ५ वडा अध्यक्ष नगर सभामा अनुपस्थित
दुर्गा विसि, सल्यान ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाको १३ औं नगर सभाको बजेटमा असन्तुष्टि जनाउँदै उपप्रमुख सहित ५ वडा अध्यक्ष नगर सभामा अनुपस्थित देखिएका छन ।
आइतबार सम्पन्न १३ औं नगर सभा चलिरहदा उपप्रमुख पुरुषाेतम आचार्य सहित १ नं वडा अध्यक्ष थुमवहादुर विसि, १२ नं का वडा अध्यक्ष लालबहादुर घर्ती, नेकपा एमालेबाट निर्वाचित ४ नं वडा अध्यक्ष पुष्कर वुढा, १० नं वडा अध्यक्ष माेतिलाल घर्ती र नेकपा एकीकृत समाजवादीका ६ नं वडा अध्यक्ष गणेश विसि सहित ५ जना वडा अध्यक्ष तथा सम्बन्धित दलका वडा सदस्यहरु समेत उक्त सभामा अनुपस्थित देखिएका हुन ।
बजेटमा चरम असन्तुष्टि जनाउँदै उनीहरुले उक्त सभा अस्विकार गरेका हुन । नगरपालिकाले प्रत्येक वडाहरुकोलागि २० लाखकाे बजेट सिलिङ दिएको छ । उक्त बजेट सिलिङ र बजेट प्रती आफ्नो असन्तुष्टि भएपछि आफुहरु नगर सभामा उपस्थिति हुन नसकेको उनीहरुको भनाइ छ ।
वहुमतद्वारा सदस्यहरुले निति तथा कार्यक्रम पास गरे पनि नगरपालिकाको बजेट भने आइतबार आउन सकेन । बजेट प्रती असन्तुष्टि व्यक्त गरेका वडा अध्यक्ष सहित नगर उप प्रमुखले धेरै कुरा खाेल्न नचाहे पनि वडा सिलिङ, वडा कार्यालय भवन निर्माणकार्यका लागि विनियोजन हुने बजेट लगाएतका सवालमा उनिहरुकाे फरक मत रहेको वुझिएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत वहादुर घर्तीले निति तथा कार्यक्रम पास भएको र उप प्रमुख सहित केही वडा अध्यक्षहरुकाे वजेट तर्जुमामा फरक मत देखिएकोले थप छलफल गरि बजेट पास गर्ने जनाउनु भयो ।
आषाढ ११ गते सोमबार दिउँसो १ वजेकाे लागि पुनः सभा सञ्चालन हुने जनाएको छ । अघिल्लो स्थानीय सरकारका पालामा वडा सिलिङमै र वडा वडामा बजेट विभेदकारी भयो भन्दै पटक पटक सभा असफल भएको थियोे ।
लेखकको सम्वन्धमा